गठबन्धन बैठक : नागरिकता विधेयक अगाडि बढाउने निर्णय

नेपाली जनता

काठमाडौं । सत्तारुढ गठबन्धनको वैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भने ।

केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने उनले जानकारी दिए ।

आजको वैठकले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको थियो । साथै, देशमा अस्वभाविक रुपमा बढेको महंगी नियन्त्रणबारे पनि कुराकानी भएको कार्कीले बताए ।

मन्त्रिपरिषद पुनर्गठनबारे भने छलफल नभएको उनले बताए ।

यो पनि पढ्नुहोस  चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्‍यु
८,असार.२०७९,बुधबार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: