मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली जनता

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिए

यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।

यो पनि पढ्नुहोस  खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण
९,असार.२०७९,बिहीबार ०८:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: