मन्त्री फेर्न माधव नेपाल सक्रिय, देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

नेपाली जनता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका लागि सक्रिय भएका छन् ।

नेकपा एसले सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेपनि अध्यक्ष नेपालले दौडधुप बढाएका हुन् ।

नेपालले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग अध्यक्ष नेपालले मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् ।

प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरो छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइन्छ ।

बुधबार गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय प्रवेश गरेपनि प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौंला भनेका थिए । बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन प्रधानमन्त्री देउवाले अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।

यो पनि पढ्नुहोस  विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ : भूमिश्वर ढकाल
९,असार.२०७९,बिहीबार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: