मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रदर्शन

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरे ।

नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘दलहरुलाई सरकारमा लैजाने पनि मजदुरले हो र अब सडकमा ल्याउने पनि मजदुरले हो,’ उनले भने, ‘त्यसैले मूल्यवृद्धिले मजदुरलाई परेको समस्या बुझ्नुहोस् ।’

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

९,असार.२०७९,बिहीबार १८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्