काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही

नेपाली जनता

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता
१०,असार.२०७९,शुक्रबार १०:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: