
हेटौंडा । एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गरेकी हुन् ।
शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।
९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्