चितवनमा बल्छी हानेर माछा मार्ने क्रममा डुबेर बेपत्ता

नेपाली जनता

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले दिएको जानकारी अनुसार शुक्रबार बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

वेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।

यो पनि पढ्नुहोस  सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ
१०,असार.२०७९,शुक्रबार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: