ललितपुर महानगरले पनि गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने

नेपाली जनता

काठमाडौं । ललितपुर महागरपालिकाले पनि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८०को लागि ललितपुर महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा कल सेन्टर स्थापना गर्ने उल्लेख छ ।

‘सेवा प्रवाह वकास व्यवस्थापनका सन्दर्भमा महानगरबासीहरुका गुनासो व्यवस्थापन गर्न कल सेन्टरको स्थापना गरी कार्यान्वयन गरिने छ,’ बजेटमा भनिएको छ ।

यसअघि नै काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याइसकेको छ । महानगरले आफ्ना सेवा क्रमशः अनलाइन सेवा प्रविधिमा लैजाने पनि बजेटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस  संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा साउन १५ पछि मात्रै सुनुवाई हुने
१०,असार.२०७९,शुक्रबार १५:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: