प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

नेपाली जनता

काठमाडौं । राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । सिंहदरबारको उत्तरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टको भुईँ तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ ।

डक एण्ड डोरिस रेस्टुरेन्ट प्रालिका प्रबन्धक नीरज मानन्धरले रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रूपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस  सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी
१०,असार.२०७९,शुक्रबार १८:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: