बिदाइमा किसान श्रेष्ठको आग्रह : ‘नयाँ मन्त्रीलाई सहयोग गरेर सफल बनाइदिनुहोला’

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मन्त्रालयका कर्मचारी लगायतलाई सो आग्रह गरेका हुन् । ‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबीसमेत गरे ।

मन्त्रालयबाट विदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो लागेको बताउँदै फेरि पनि मन्त्री हुन सकिने बताए । ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला’ उनले भने, ‘छुट्टीदा नरमाइलो लाग्नु स्वाभाविक हो, तर मन्त्रीको रुपमा जाँदा नरमाइलो लागेको छैन ।’

१३,असार.२०७९,सोमबार १०:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्