उच्च अदालत पाटन बारमा पीपीएलएबाट खतिवडा नेतृत्वको प्यानल घोषणा

काठमाडौं । ललितपुर उच्च अदालत बार एसोसियसन पाटनको निर्वाचनमा एमाले र नेकपा एकीकृत समाजवादी निकट कानून व्यवसायीहरुको संयुक्त प्यानलबाट एमाले निकट पीपीएलएका शान्तिराम खतिवडा अध्यक्षको उम्मेदवार तय भएका छन् ।

पीपीएलएले महासचिवमा रवीन्द्रकुमार ढुंगाना र कोषाध्यक्षमा मिलन श्रेष्ठलाई अघि सारेको छ । उपाध्यक्ष र सचिवमा नेकपा एस निकट एसपीएलएले उम्मेदवारी दिने सहमति भएको छ ।

पीपीएलएबाट सदस्यमा रमिता महर्जन, भवानी भट्टराई गैरे, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावन्यराज कार्की, धनजीत बस्नेत, सरिता आचार्र्य, भावेश गौतम र सागर शर्मा उम्मेदवार तय भएका छन् ।

उच्च अदालत बार पाटनमा असार २५ गते निर्वाचन हुँदैछ । निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन भएको छ भने एमालेलाई नेकपा एसले साथ दिएको हो । यहाँ एमाले निकट पीपीएलएले जित्दै आएको छ ।

१३,असार.२०७९,सोमबार ११:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्