सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट उनको टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

१३,असार.२०७९,सोमबार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्