निर्वाचनमा कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न आदेश दिएको छ ।

निशान्त पोखरेलसमेतले हालेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार अन्तरिम आदेश जारी गरेकाे हाे ।

सर्वाेच्चले आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीहरुको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्न गराउन आदेश गरेको हो ।

नेपालका कारागारमा स्वदेशी र विदेशी गरी करिब २५ हजार कैदीबन्दी छन्।

१३,असार.२०७९,सोमबार १४:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्