आज मदन भण्डारीको ७१औं जन्मजयन्ती

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७१औं जन्मजयन्ती आज मनाइँदैछ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

१४,असार.२०७९,मंगलवार ०९:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्