एमाले कैलालीका अध्यक्ष बर्खास्त, चुनावमा अन्तर्घात गरेको ठहर

कैलाली । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरिएको छ ।

प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो ।

१४,असार.२०७९,मंगलवार १४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्