बैंकिङ कसुर मुद्दामा विनोद घिसिङ पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विनोद लामा भन्ने विनोद घिसिङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीमाथि बैंकिङ कसुरका ३ वटा मुद्दा थियो । ती मुद्दामा २०७८ पुस २७ गते उच्च अदालत पाटनले २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी फरार थिए ।

उनलाई आज बिहान जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीका उपनिर्देशक श्याम कुमार महतोले जानकारी दिए ।

उनले मेघा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खातामा पैसा नभए पनि विभिन्न व्यक्तिलाई चेक काटेर झुक्याएका थिए ।

१४,असार.२०७९,मंगलवार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्