क्लव सचिव तथा पत्रकार केशवराज अर्याललाई पितृ शोक

काठमाडौं । इन्टरनेशनल एशोसियशन लायन्स डिष्ट्रिक्ट ३२५ एफ अन्तरगत लायन्स क्लव अफ नेपाल जर्नालिष्टका सचिव केशवराज अर्याललाई पितृ शोक परेको छ ।
लायन्स क्लव अफ नेपाल जर्नालिष्टले एक शोक वक्तव्य प्रकाशित गर्दै स्वर्गिय खगेश्वर अर्यालको चीर शान्तिको कामना गरेको छ । साथै वक्तव्यमा भनिएको छ, ‘सचिव तथा पत्रकार अर्याललाई परेको शोकले क्लव परिवार स्तब्ध समेत भएको जनाएको छ । अर्यालका पुजनिय पिता खगेश्वर अर्यालको यहि असार ११ गते ८० वर्षको उमेरमा निधन भएको हो । उहाँका श्रीमति दुई छारा र एक छोरी रहेका छन । अर्यालको आफ्नै नीजी निवास नवलपरासिको गैडाकोटमा १३ तिनको कामकाज भइरहेको छ । स्वर्णिय अर्यालको चीर शान्तीको कामना गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गरिएको छ ।

१४,असार.२०७९,मंगलवार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्