प्रचण्ड निवास पुग्यो एन्फाको टोली, प्रचण्डले दिए सफल कार्यकालको शुभकामना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

आज बिहान खुमलटारस्थित आफ्नै निवासमा एन्फाको टिमलाई सम्मान गर्दै प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टिमलाई प्रचडले खादा ओढाइदिएर सम्मान व्यक्त गरेका थिए ।

१५,असार.२०७९,बुधबार ११:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्