साहसी बाबुछोरा– जस्ले आफ्नै ज्यान जोखिममा राखेर दुई बालकलाई बाढीबाट जोगाए

काठमाडौं । आफ्नै ज्यान जोखिममा राखेर दुई बालकहरुको बाढीबाट उद्दार गरेर एक ओमानी नागरिक यतिबेला विश्वव्यापी रूपमै प्रशंसित बनेका छन् । उनले डरलाग्दो बाढीबाट साहसिकरुपमा एक्लै दुई बालकको उद्दार गरेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो घटना भने गत शुक्रबारको हो । अलि बिन नासेर अल वार्दी नामका बालक आफ्नै घरमा बुवासँग बसेर वर्षातका बारेमा कुराकानी गरिरहेका थिए । उनले वादी बहला नदीको सुन्दर दृष्यावलोकनका लागि आफूसँगै जाने बुवालाई प्रस्ताव गरे ।

जब उनीहरु आफ्नो घरबाट बाहिर निस्किए, बाबु–छोराले देखेकी बाढी उर्लिएको वादीमा फसेका दुई बच्चाहरु सहाराका लागि चिच्याइरहेका थिए । उनीहरु एउटा जैतुनको रुखको जरालाई पकडेर आफ्नो ज्यान बचाउन प्रयासरत थिए ।

‘त्यो देखेपछि मैले आफ्नो कपडा फुकालेँ । बुवाले मेरो कम्मरमा एउटा डोरीले बाँध्नुभयो र अर्को छेउ आफूले समात्नुभयो । म बाढीमा होमिएँ,’ अल वादीले भने ।त्यसबेला आफ्नो दिमागमा बच्चाहरुको ज्यान जोगाउने कुरा मात्रै रहेको र भगवानको प्रार्थना गरिरहेको उनी बताउँछन् ।

‘म जोडजोडले चिच्याएर उनीहरुलाई नआत्तिनका लागि हौसला दिइरहेको थिएँ । वरिपरी कुनै बलियो चिज भए त्इसलाई समात्न भनिरहेको थिएँ । तर, त्यस्तो चिज केही थिएन । जसरी–तसरी म उनीहरुसम्म पुगेँ । उनीहरुलाई छुनासाथ मेरो आँखाबाट बर्बरी आँशु बगे । उनीहरुलाई मैले अंगालेँ । चिन्ता नलिन आग्रह गरेँ । म जसरी पनि तिमीहरुलाई बचाउँछु भने । तर सानो केटो चाहिँ धेरै डराइरहेको थियो । म मर्न चाहन्न भनेर रोइरहेको थियो ।’ उनले वर्णन गरे ।

अल वार्दी भन्छन्, ‘म भगवानलाई धन्यवाद दिन्छु कि मैले उनीहरुलाई सकुशल उद्दार गर्न सकेँ ।

१६,असार.२०७९,बिहीबार १०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्