राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् ।

भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एलए) टोलीबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ ।

नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको राष्ट्रिय टिमको कप्तानी गरेका थिए । भरत खवास भने हाल राष्ट्रिय टिम बाहिर छन् ।

१६,असार.२०७९,बिहीबार १२:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्