काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

द नेशनल डिजाइनर रन-वेको तयारी

5.82K
shares
khanepani bord

काठमाडौं । मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ आयोजना गर्ने भएको छ । आयोजकले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुला भएको जानकारी दिएको छ ।

आयोजक संस्थाका सिईओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । उनले फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिनसक्ने जानकारी दिए ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शिर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ’ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

IME
khanepani