सम्पदाकाे अनुगमनमा निस्किए काठमाडौंका मेयर उपमेयर

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोलले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् ।

शुक्रबार बिहान स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुगेर सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका थिए । पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई परेको मेयर साहले बताए ।

उपप्रमुख डंगोलले सम्पदा पूर्वाधारमा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्ने बताइन् ।

अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए ।

१७,असार.२०७९,शुक्रबार १४:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्