त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, खेतमा पस्यो बाढी

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएकाे बाँध बाढीले भत्काएको छ ।

बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् ।

पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए ।

१८,असार.२०७९,शनिबार ११:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्