काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

3.82K
shares
khanepani bord

काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समूहका उपदेश यादवले न्युज कारखानासँग भने, ‘संगठनलाई बिद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दाबी गरेका छन् ।

khanepani