स्वतन्त्र उम्मेदवारहरूको पहिलो विशेष भेला (फोटोफिचर)
वि.सं.२०७९ असार १८ शनिवार १२:२३
shares

काठमाडौं । संसदीय निर्वाचनमा देशभरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका स्वतन्त्र उम्मेदवारको पहिलो विशेष भेला शुरु भएकाे छ । शनिबार बिहान ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेन मा स्वतन्त्र उम्मेदवारहरुको पहिलो विशेष भेला शुरु भएकाे हो ।
देशभरबाट स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका उम्मेदवारहरु भेलामा सहभागी भएका थिए । उक्त भेलाको संयोजन काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका सुमन सायमीले गरेका थिए ।
भेलामा रवि लामिछानेका दाई काठमाडौंबाट चुनाव लड्ने घोषणा गरिसकेका हरिशरण लामिछाने, सुमन सायमी लगायत विभिन्न ठाउबाट स्वतन्त्र उठन लागेका उम्मेदवारहरु सहभागी थिए ।






























