
रुपन्देही । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङ निवासी नरबहादुर केसीकी २७ वर्षीय छोरी ज्योति केसीले एनागन अन्तरिक्षको प्रशिक्षण पूरा गरेपछि केसी परिवारमा मात्रै होइन सो क्षेत्रका सबैमा उत्साह छाएको छ ।
उनलाई धेरैले पहिलो पटक अन्तरिक्ष जान पाउने नेपाली भन्दै सामाजिक सञ्जालमा बधाई दिनेहरूको ओइरो लागेको छ ।
अध्ययन सकाएर असार १ गते गृह जिल्ला आएकी केसीलाई अहिले आफ्नो क्षेत्रको प्रतिष्ठा बढाएको भन्दै स्थानीयले सम्मान गर्न थालेको छन् । उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले सबै दङ्गालीलाई खुसी बनाएको उनका बुवाका साथी उदय जीएमले बताएका छन् ।
‘यो केसी परिवारमा मात्रै होइन हामी सबैका लागि गौरवको विषय हो’ उनले भने । उनी पढेको भालुवाङको विद्यालयले शनिवार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको जीएमले बताएले बताए ।
केसीका छिमेकी पत्रकार सुमन अधिकारीले ज्योति नेपालबाट अन्तरिक्ष जान पाउने सम्भवत: त पहिलो भाग्गमानी बन्ने भएकाले छिमेकीलाई उत्साह छाएको बताए ।
सन् २०१७ मा केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि अमेरिका पुगेकी थिइन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भएकी उनी अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् ।
उनका बाबु नरबहादुर केसीले छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको बताए । ज्योतिले सामाजिक सञ्जालमा भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, वासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ । अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ । मलाई जीवनमा एक पटक अवसर दिइएको थियो । र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु ।’
अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे उनले लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड) । यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली–अमेरिकी हुँ ।’
प्रतिक्रिया दिनुहोस्