काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग लगायतका विभिन्न सेवा निःशुल्क

5.81K
shares
khanepani bord

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट र इन्टरनेट बैंकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । साथै बैंकले यसअघि नै एनसेलको नेटवर्कमा पनि बैंकिङ्ग एप, वेबसाइट र इन्टरनेटलगायतका सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

मोबाइल बैंकिङ्ग एप अन्तर बैङ्क रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाइ आदि जस्ता थुप्रै सुविधाहरू सहज रूपले निःशुल्क लिन सकिने छ ।

एनआईसी एशिया बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्क हुन पुगेको छ ।

IME
khanepani