काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

कांग्रेस नेता घिमिरेको प्रधानमन्त्री देउवालाई प्रश्न- अयोग्य अर्थमन्त्रीलाई फेर्नुपर्दैन ?

4.24K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अर्थमन्त्री जनार्दन शर्माको अयोग्यता छताछुल्ल भएको बताएका छन् ।

एक ट्विट लेख्दै उनले गभर्नर निलम्बन अर्थमन्त्री शर्माको अयोग्यताको एक दृष्टान्त रहेको बताउँदै अहिले सिसिटिभी फुटेज भेटाउनु थप अयोग्यता रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नै छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ।गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो । अहिले आएर सिसिटिभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्साउँछ ।’

उनले अर्थमन्त्री शर्मालाई फेर्नुपर्दैन भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रश्न गरेका छन् । ‘के नेपालमा अर्थमन्त्री हुने अरू मान्छे छैनन् ? प्रमले मन्त्री फेर्नु पर्दैन ?,’ उनले अगाडि लेखेका छन् ।

IME
khanepani