भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन्।

३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दियो।

‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ। त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले भने ।

प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको बताए ।

‘हामीलाई पनि त्यस्तै सूचना आयो । प्रहरी टोली त्यहाँ पुगेको छ’, उनले भने।

२०,असार.२०७९,सोमबार १४:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्