काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

११ महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो आयात

5.2K
shares
khanepani bord

काठमाडौं । कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर, यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । नेपालमा नबन्ने सियो विश्वका १२ देशबाट आयात हुँदै आएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रूपैयाँको सियो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको हो ।

भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको ११ महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा विश्का १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो ।

IME
khanepani