काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

5.62K
shares
khanepani bord

काठमाडौ । काठमाडौ आज बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

बिहान ११ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् दिउँसो २ बजेका लागि सारिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले माग गर्दै आएको छ। छानबिन समिति गठन गर्न नेपाली कांग्रेस तयार देखिएको छ।

माओवादीले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिन समय माग गरेको छ। तर प्रतिपक्षी एमालेले अर्थमन्त्रीलाई सभामुखले बोल्न समय दिए बैठक चल्न नदिने बताएको छ।

IME
khanepani