काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

रत्ननगरको नगर सभा एमालेका जनप्रतिनिधिले गरे बहिस्कार

4.46K
shares
khanepani bord

चितवन । चितवनको रत्ननगर नगरपालिकाको नगर सभा बैठक नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।

१० असारमा भएको नगर सभा बैठकमा सहभागी भएका एमाले जनप्रतिनिधिले बुधबारको बैठक भने बहिस्कार गरेका हुन् । योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादव प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित नभएका हुन् ।

उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भुक्तानी गर्ने प्रक्रिया समेतमा आफूहरुको असहमति रहेकाले नगरसभा बैठक बहिस्कार गरेको बताए । नगर सभामा छलफल हुने योजनाहरुको विषयमा पूर्वछलफल नगरेको भन्दै उपमेयर पाठकले नगर सभामा साक्षी बस्न जानुको केही अर्थ नभएको प्रतिक्रिया दिए ।

उपमेयर पाठक अनुपस्थित भएपछि न्यायिक समिति, राजश्व परामर्श समिति र योजना तथा अनुगमन समितिको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गरेका थिए । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले रत्ननगर जनप्रतिनिधिहरुको नगर सभा बहिस्कार गर्ने निर्णयलाई पार्टीले समर्थन गरेको बताए ।

नगर सभाले आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको छ । त्यसबाहेक नगरसभाले विभिन्न १८ बुँदे निर्णय पनि गरेको छ ।

IME
khanepani