काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

गुन्डा नाइकेलाई जेलमा भेटेको आरोपमा डीएसपी केसीलाई कारबाही

4.78K
shares
khanepani bord

काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेटेको आरोपमा डीएसपी मिलन केसीमाथि विभागीय कारबाही भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले केसीलाई विभागीय कारबाही गरेको हो ।

यसअघि काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीको संयोजकत्वमा गठित समितिले केसीबाट लापरबाही भएको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । केसी स्वयम्भू प्रहरी वृत्त प्रमुख रहेका थिए ।

सार्वजनिक बिदाको दिन पारेर केसीले माथिल्लो निकायलाई जानकारी नदिई जेल पुगेर बस्नेतलाई भेटेको आरोप लागेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा योजनाकारको आरोप लागेका बस्नेत पुर्पक्षका लागि जेलमा रहेका छन् ।

IME
khanepani