काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

4.78K
shares
khanepani bord

धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ ।

नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

मेयर हमालले लक्ष्मी नारायण मन्दिरका श्री १००८ स्वामी देवराज आर्चायमार्फत उक्त गाडीको चावी स्वास्थ्य शाखाका प्रमुख कृष्णराज बोहरालाई हस्तान्तरण गरेका छन् ।

मेयरमा निर्वाचित भएदेखि नै निजी गाडी चढ्दै आएका हमालले उक्त सरकारी गाडी १९ वटै वडामा मासिक रुपमा सञ्चालन गरिने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग गरिने बताए ।

उनले मासिक कार्यतालिका अनुसार भाटभटेनी सुपरमार्केटसँगको सम्झौताअनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनबाट नगरबासीले स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवाको लाभ लिन सक्ने बताए ।

‘ग्रामीण भेगमा बिरामी भए मानिसहरु कुखुरा बिक्री गरेर उपचार गर्न अस्पताल आउने गर्छन् तर कुखुरा छैन भने औषधी गर्न नआएर रोग बोक्न बाध्य हुन्छ,’ हमालले भने, ‘अब हामीले स्वास्थ्य शाखाले बनाएको क्यालेन्डरअनुसार मासिक रुपमा वडा–वडामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेमा विस्तारै त्यो बाध्यता हट्छ ।’

उनले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने बताउँदै विस्तारै सेवालाई थप सुदृढ गरेर लैजाने बताए ।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तरगत औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने योजना पनि बनाइरहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णराज बोहराले साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने बताए ।

IME
khanepani