लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने

काठमाडौं । लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव गर्ने भएका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । २०७५ साउन २२ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

विगतमा विभिन्न राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदा समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेस गर्न लागेको हो ।

‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भने ।

नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका छन् ।

२३,असार.२०७९,बिहीबार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्