सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइनअनुसार अर्थमन्त्रीको विषय उछालियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको भनाइ छ ।

आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’

प्रचण्डले अगाडि भने, ‘त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’

२३,असार.२०७९,बिहीबार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्