बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट दिए राजीनामा

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् ।

शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।

तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिएका हुन् ।

यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।

२३,असार.२०७९,बिहीबार १४:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्