काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

4.37K
shares
khanepani bord

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी आज काममा फर्किएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालय नआउने भन्दै मरासिनी बिदामा बसेका थिए ।

अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट उनी अर्थ मन्त्रालय आएका हुन् ।

बजेट निर्माणको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करको दर हेरफेर गरेको भन्दै संसददेखि सबैतिर विरोध भएपछि हिजो जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

अर्थका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले अर्थ सचिव काममा आएको पुष्टि गरे । उनले भने, ‘अर्थ सचिव मधुकुमार मरासिनी आज आउनु भएको छ ।’

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति नै बनेको छ । समितिलाई १० दिन समयावधि दिइएको छ ।

IME
khanepani