काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

उत्कृष्ट सर्ट फिल्म खोज्दै एनएनटीभी

5.04K
shares
khanepani bord

काठमाडौं । युवा फिल्ममेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमबारे बिहीबार काठमाडाैँमा जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न आह्वान गरेको छ ।

प्रतियोगितामा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी छन् । प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । प्रतिस्पर्धीले आउँदो २० साउनभित्रमा सर्ट फिल्मको कथासार दर्ता गराइसक्नुपर्ने र कथाहरु छनोट भएमा २५ साउनदेखि २५ भदौभित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।

छनोटमा परेका सर्ट फिल्महरुबारे निर्णायक मण्डलले २६ भदौदेखि मूल्यांकन गर्नेछन् । ती सर्ट फिल्म १ असोजदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् ।

यसबाहेक उत्कृष्ट १० वटा चलचित्रलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच लघुचलचित्रकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ ।

IME
khanepani