माओवादीको पोलिटब्युरोमा ३१ वैकल्पिक सदस्य थपिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको १२५ सदस्यिय पोलिटब्युरोमा ३१ जना बैकल्पिक सदस्य पनि थप हुने भएका छन् । अहिले जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले पोलिटब्युरोमा कुल १५६ सदस्य पुर्‍याउने प्रस्ताव गरे ।

प्रचण्डले १२५ सदस्यिय पोलिटब्युरो गठन गरिएको भन्दै तीन वटा लिस्ट पढेर सुनाइसकेका छन् । तर, पछिल्लो लिस्टमा पनि धेरै नामहरु छुटेको भन्दै हल्ला भएपछि प्रचण्डले ३१ बैकल्पिक सदस्य थप्ने बताएका हुन् ।

‘केन्द्रीय कमिटीमा बैकल्पिक हुन्छ भने पोलिटब्युरोमा पनि नहुने भन्ने हुँदैन,’ प्रचण्डले भने, ‘थप्नुपर्नेमध्ये सिनियरलाई फुल र अरुलाई बैकल्पिकमा समेट्छु ।’
पार्टी विभाजनको अवस्थामा भोट हाल्ने बाहेक वैकल्पिकलाई पनि सबै अधिकार हुने प्रचण्डले बताए ।

२३,असार.२०७९,बिहीबार १७:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्