नेपाल इन्स्युरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर खुला गरे बिक्रीमा

काठमाडौं । नेपाल इन्स्युरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् ।

जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्स्युुरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्स्युरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्ने छ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

२४,असार.२०७९,शुक्रबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्