
काठमाडौं। न्याय परिषद्ले उच्च अदालतमा कार्यरत एक न्यायाधीशलाई बर्खास्त गरेको छ।
उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश रेणुका साह बर्खास्त भएकी हुन्। उनी पूर्व न्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन्। न्याय परिषद्को शुक्रबार बसेको बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
२०७५ सालमा उनलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो। अधिवक्ताको लाइसेन्स भएपनि अन्यत्र जागिर गरिरहेको अवस्थामा साहलाई न्यायाधीश नियुक्त गरिएपछि विवाद उत्पन्न भएको थियो।
उच्च अदालतको न्यायाधीश बन्न निरन्तर १० वर्ष वकालत गरेको हुनुपर्ने भन्ने व्यवस्था रहेपनि साहले प्रमाण पेश गर्न नसकेपछि बर्खास्तीको लागि बलियो आधार बनेको थियो।
प्रतिक्रिया दिनुहोस्