
कैलाली । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर ८ मा ७ सय मत खस्दा कांग्रेस उम्मेदवार खडक बहादुर अधिकारी ले ८५ मतले विजयी भए ।
अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका थिए । वडा नम्बर ८ मार्फत यहाँ कांग्रेसले खाता खोलेको छ ।
त्यस्तै वडा नम्बर ३ मा फराकिलो मतान्तरले एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका खडक अधिकारी ले ५२८ मत पाउँदा कांग्रेस उम्मेदवार गोरख रौलेले २१८ मत पाएका थिए । यहाँ एमाले उम्मेदवारले ३१० मतान्तर सहित विजयी भएका थिए ।
अहिले सम्म एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ ।
प्रतिक्रिया दिनुहोस्