अहिले नै एमालेसँग सहकार्यको सम्भावना छैन : गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संघ र प्रदेशको आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नभएको बताएका छन् ।

आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले एमालेको नेतृत्वले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा गरको गल्तीको गम्भीर आत्मसमीक्षा नगरेकाले त्यो सम्भावना नभएको टिप्पणी गरे ।

‘राष्ट्रियताको मुद्दामा आत्मसमीक्षा भएको छैन’, उनको भनाइ छ, ‘संविधान ‘डिरेल’ गर्ने खालका समस्या देखापरे । त्यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन ।’

गुरुङले अगाडि भने, ‘यी विषयमा गम्भीर आत्मसमीक्षा भएको अवस्थामा एकता हुनै सक्दैन भन्ने होइन । तर, अहिले नै एमालेसँग गठबन्धनमा जाने अवस्था देखिदैन ।’

राष्ट्रियता र संविधानजस्ता विषयले हालको सत्ता गठबन्धनमा अप्ठ्यारोमा परेको अवस्थामा एमालेसँग गठबन्धन बन्न सक्ने भए पनि अहिले त्यो अवस्था पनि नरहेको उनको भनाइ छ ।

‘सत्तारुढ गठन्धनमा अहिलेसम्म राष्ट्रियता र प्रजतान्त्रको सन्दर्भमा गम्भीर प्रकारको भुल भएको देखिदैन,’ गुरुङले भने ।

२६,असार.२०७९,आईतवार १४:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्