गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन सक्दैन : गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।

संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।

उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्रलगायतका विषयमा विगतमा गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।

फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टीकाटिप्पणी गर्न उचित नहुने धारणा राखे ।

नेता गुरुङले सबैको सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए ।

२६,असार.२०७९,आईतवार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्