काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालक पक्राउ

3.82K
shares
khanepani bord

काठमाडौं । एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि चालक टिपर समेत छाडी फरार भएका थिए ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ

IME
khanepani