काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

सत्ता र गठबन्धन टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याइयो : सांसद दाहाल

5.28K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरू आफैँले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको बताए ।

उक्त विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा बुझ्नुपर्ने दाहालको जिकिर छ ।

उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा धेरै विधेयक अड्एिकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्तावसमेत गरे ।

दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरू अलपत्र परेकाले जनतालाई समस्या भएको तर्क गरे ।

IME
khanepani