काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

उपेन्द्रलाई बाबुरामको चुनौती- सल्लाहमा अर्को बैठक राख्नुस्, हिम्मतसाथ फेस गर्नुस्

4.85K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव निरंकुश र स्वेच्छाचारी रूपमा अगाडि बढेको बताएका छन् । आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले वीरगञ्जमा तोकिएको बैठक आफूहरूसँग कुनै छलफल नगरी तय गरिएको दाबी गरे ।

‘मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन हिम्मतका साथ फेस गर्न, वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न अहिले पनि चुनौती दिन्छु’, उनले भने, ‘तपाईँले अवैध ढंगले गलत मनसायका साथ आफ्नो गुटको मात्रै बैठक अपायकमा, बेमौसममा वीरगञ्जमा राख्नुभएको छ, त्यो बैठक तुरुन्त स्थगित गरेर यहाँ आउनुस् हामीसँग सल्लाह गर्न । सल्लाह गरेर अर्को बैठक राखौं यदि हाम्रो नियत खराब छ भने हामीलाई त्यहाँ नंग्याउनुहोला ।’

अध्यक्ष भट्टराईले आफूहरूले पार्टी फुटाउन नचाहेको पनि बताए । उनले भने, ‘हामीले राजनीतिक प्रतिवेदन पेस गर्छौं, शीर्षकै राखेका छौं, पार्टीको रुपान्तरण र पुनर्गठनबारे । भनेपछि हामीले अहिले पनि रुपान्तरण खोजेका छौं । फुटाउन खोजेका छैनौं ।’

रुपान्तरण भनेको विकृति विसंगतिहरू आयो भने त्यसलाई हटाएर पार्टीलाई बलियो र सुदृढ बनाउने र आवश्यक पर्‍यो भने, आवश्यक संगठनात्मक परिवर्तन गरेर पुनर्गठन गर्ने भन्ने अर्थ लाग्ने उनले दाबी गरे ।

‘विभाजनको निम्ति होइन, त्यसमा कुनै न मनसाय थियो, हामीले आफैं बनाएको संगठन पार्टी किन विभाजन गर्छौं ? आफैंले जन्माएको सन्तानलाई बाउआमाले किन मार्छन ?’ उनले प्रश्न गरे ।

IME
khanepani