काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण, क्षतिलगायत थप विवरण आउन बाँकी छ ।



२९,असार.२०७९,बुधबार १६:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्