स्कटल्याण्डविरुद्ध नेपालको कसिलो बलिङ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ ।

सुरुवातदेखि विकेट लिएर नेपालले स्टकटल्याण्डलाई दबाबमा राखेको थियो । त्यसको नतिजा स्कटल्याण्डले ३३ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ ।

नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी र आदिल अन्सारीले समान १ विकेट लिए । यो समाचार तयार पार्दासम्म १२ ओभरको खेल सकिँदा स्कटल्याण्डले ५ विकेट क्षतीमा ३५ रन बनाएको छ ।

२९,असार.२०७९,बुधबार १७:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्